सुदूरपश्चिममा आगलागीका घटना भयावह, ५ करोड २० लाखको क्षति

अत्तरिया- सुदूरपश्चिममा आगलागीका घटना भयावह रुपमा बढ्न थालेको छ । प्रदेशका नौवटै जिल्लामा एकपछि अर्को आगलागी हुन थालेको हो। आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म आगलागीबाट पाँच करोड २० लाख २७ हजार पाँच सय मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ। अहिलेसम्म एक सय ९६ आगलागीका घटना भएको तथ्यांक सार्वजनिक भएको छ ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरण अनुसार साउन देखि हाल सम्म आगलागीमा परेर पाँच महिला सहित ९ पुरुषको मृत्यु भइसकेको छ । १३ महिलासहित २५ पुरुष घाइते भएका छन् । आगलागीबाट २ सय २० परिवार प्रभावित बन्न पुगेका छन् । बैशाख सुरु भए सँगै आगलागीका घटना एकपछि अर्को भयावह रुपमा बढ्न सुरु भएको हो । अहिले सम्म १९ घर पूर्ण र २९ घरमा आंशिक क्षति पुगेको छ ।

Navadurga sun
Godawari sandesh

५२ वटा गोठ जलेर ५६ पशुचौपायामा क्षति पुगेको छ । बैशाख सुरु भएयता दैनिक रुपमा एक दर्जनको हाराहारीमा आगलागीका घटना सार्वजनिक भइरहेका छन् । सामुदायिक, राष्ट्रिय र संरक्षित वन क्षेत्रमा आगो लाग्दा नजिकैका वस्ती तथा होटल, पसलमा समेत आगलागी भएर ठूलो नोक्सानी हुने गरेको विवरण प्राप्त भइरहेका छन् ।

साथै कैलाली र कञ्चनपुरमा भित्र्याउन ठिक्क पारेको किसानको गहुँबालीमा आगो लाग्दा खेतबारीमै गहुँ जलेर खरानी हुन पुगेको छ । आगलागीबाट ठूलो धनजनको क्षति हुने क्रम जारी रहेपनि भरपर्दो उपायको खोजी कहिँकतैबाट गरिएको छैन् । प्रदेशभित्र ८८ वटा स्थानीय तहहरू छन् । तर दमकल १८ वटा पालिकामा मात्र छ । एउटा दमकल भने सञ्चालनमा छैन् । १७ वटा दमकल मात्र सञ्चालनमा देखिए पछि आगो नियन्त्रणमा लिन सकस भइरहेको हो ।

Loading...