सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

धनगढी- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन ।

Dadeldhura hospital

चौधरीद्वारा दायर रिटमा भनिएको छ, ‘‘नेपालको संविधानको धारा १६८ (२) बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गन गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू सो बाट च्युत भई मलाई सो अवसरबाट जवरजस्त वञ्चित गरी ।’’

Navadurga sun
Godawari sandesh

उनले  मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग समेत गरेका छन  । उक्त रिटको पेसी सोमबारका लागि तोकिएको सर्वोच्चले जनाएको छ ।

Loading...