कैलाली कारागारमा तीन गुणाभन्दा बढी कैदी हुँदा समस्या

धनगढी- कैलाली कारागारमा क्षमता भन्दा तीन गुणा भन्दा बढी कैदी हुँदा समस्या भएको छ । राणाकालीन समयमा बनेको कारागारमा क्षमता भन्दा अधिक कैदी हुँदा कारागार प्रशासनलाई व्यवस्थापन गर्न समस्या भएको हो ।

Ganyapdhura gau

भवन अभावमा एउटै कोठामा २५ जना बढी कैदीलाई राख्नु पर्ने बाध्यता रहेको कैलाली कारागार प्रशासनले जनाएको छ । सो कारागारमा शौचालयको समेत अभाव रहेका कारण बन्दीलाई शौच गर्न लाइन लाग्नुपर्ने समस्या भएको जनाइएको छ ।

Navadurga sun

एक सय ५० जना कैदी अट्ने क्षमताको उक्त कारागारमा हाल सात सय २७ जना कैदीबन्दी छन् । कारागार भित्र कैदी पाँच सय एक र थुनुवा एक सय ७१ गरी छ सय ७२ जना पुरुष तथा ३५ महिला कैदी र १७ जना थुनुवा गरी ५२ महिला कैदीबन्दी रहेको कारागारका प्रमुख दीपक पाण्डेयले बताए ।

Dadhaldhura pur

कारागारमा तीन जना आश्रित नाबालक छन् भने ४० जना विदेशी कैदी रहेको बताउँदै उनले क्षमता तीन गुणा बढी कैदी बन्दीका कारण कारागार प्रशासनलाई व्यवस्थापनमा समस्या भएको बताए । कैदीबन्दी थपिँदै गएपछि ठाउँ अभावमा खानपिन, सुत्न र शौचालयको समेत निकै समस्या रहेको छ । एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि पनि लाइन लाग्नुपर्ने अवस्था रहेको कारागारभित्र रहेका कैदीको गुनासो छ ।

महिला कैदीबन्दी व्यवस्थापनमा भने समस्या नरहेको कारागारका प्रमुख पाण्डेयले बताए । कारागार प्रशासनले दिएको जानकारी अनुसार कारागारमा जीर्ण भवन, खानेपानी अभाव, ढल व्यवस्थापनमा समस्या, बिजुली बत्ती लगायत अति आवश्यक समस्या छ । कैदीबन्दीको सङ्ख्या दिनानु दिन बढ्दै गए पनि कारागारमा नयाँ भौतिक संरचना थपिन नसकेको जनाइएको छ ।

ठाउँको अभाव र जीर्ण भवनमा कारागार प्रशासनको कार्यालय व्यवस्थापनमा पनि समस्या रहेको छ । कारागार प्रशासन रहेको जीर्ण भवन पनि वर्षामा चुहिने गरेको छ । एउटै कोठाभित्र धेरै कैदीबन्दी कोचेर राख्दा रोगहरूको सङ्क्रमणको खतरा समेत बढेको छ । बिरामी कैदीबन्दीको उपचारका लागि पर्याप्त बजेट व्यवस्था नहुँदा झन् समस्या ब्यहोर्नु परेको जनाइएको छ । 

आठ दशकअघि बनेको कारागार हाल जीर्ण अवस्थामा छ । क्षमता भन्दा कैदीबन्दीको सङ्ख्या बढ्दै गएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको कारागार प्रमुख पाण्डेयले बताउनुभयो । कारागारमा बन्दीगृह, एकवटा गाडी, ब्यारेक, चेकपोस्ट, सेफ्टी ट्याङ्कीसहित महिला–पुरुष शौचालय, कार्यालय भवनसहितका संरचना जीर्ण भएको जनाइएको छ। यसैगरी, कारागारमा लेखापाल, खरिदार, सहायक कम्प्युटर अपरेटरको दरबन्दी कायम भए पनि ती दरबन्दी खाली रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...