टीकापुरमा लागूऔषधसहित युवक पक्राउ

धनगढी- कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका-९ खक्रौला स्थित नेपाल भारतको सिमाना नजिकबाट १ ग्राम २३० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन० सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोसन साउँद सोमवार साँझ पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले साउँदको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो। सशस्त्र प्रहरीले उनलाई ईलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको जनाएको छ। यस सम्बन्धमा टीकापुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...