एक रातमा नै अत्तरिया आपासका क्षेत्र डुवानमा





अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियाका विभिन्न क्षेत्र डुवानमा परेको छन् ।बुधबार राति परेको निरन्तरको बर्षाका कारण गोदावरी नगरपालिकको वडा नं १ र २ मा पर्ने अत्तरिया बजार क्षेत्र जलमग्न भएको छ भने अन्य भित्रि गाउँहरु डुवानमा परेका छन् ।






भारी बर्षाका कारण भालू खोलामा पानीको बहाव बढ्दा गोदावरी ४ बास्कोटामा १० घर डुबानमा परेका छन् भने उत्तर बनखेतका ४ घर डुबानमा परेका छन् ।
घर भित्र पानी पसेर पुरै समान बगाउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय मालाखेतीवाट डुावन क्षेत्रमा प्रहरीको टोली त्यहाँ गएर घर भित्र रहेका खाध्यान्न, लत्ताकपडा लगाएतका अत्यआवश्यक सामानहरू सकुशल बाहिर निकालेर उद्धारमा खटिएको थियो ।




