किन मानेनन् देउवाले शपथ लिन ? नियुक्ति प्रक्रिया सच्याउनुपर्ने अडान

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्ति गरेपछि विवाद बढेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको भन्दै विज्ञप्ति जारी गरेपछि विवाद बढेको हो ।

Navadurga sun

शपथ ग्रहणका लागि शीतलनिवास पुगेका देउवाले विज्ञप्ति नसच्याए शपथ नगर्ने अडान राखेका थिए । “हाम्रो बटमलाइन संविधानको धारा उल्लेख हुनुपर्छ भन्ने हो,” देउवा निकट नेता रमेश लेखकले भने, “नसच्याए प्रक्रिया अघि बढ्दैन ।”

उनका अनुसार संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्रीमा देउवाको नियुक्ति भनेर स्पष्टरुपमा उल्लेख गरिनुपर्छ । बेलुका ६ बजेका लागि तय भएको शपथ ग्रहण अहिलेसम्म हुन सकेको छैन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...