वादी समुदायका दुई पक्षबीच कुटाकुट, अगुवाले आर्थिक हिनामिना गरेको आरोप

अत्तरिया : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअघि वादी समुदायका दुई पक्षबीच कुटाकुट भएको छ । सरकारी राहत तथा कार्यक्रम बाँडफाँटबारे विवाद भएपछि मिठू वादी र रामावादी समूहबीच आइतबार कुटाकुट भएको हो ।
रमावादी नेतृत्वको समूहले यसअघि आर्थिक हिनामिना गरेको मिठुवादी समूहले आरोप लगाएपछि दुई पक्षबीच विवाद सुरु भएको थियो ।

Dadeldhura hospital

आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा वादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका थिए । त्यसपछि मिठुवादी समूहले पनि मुख्यमन्त्रीलाई भेट्न खोजेको तर भेट्न नपाएपछि मुख्यमन्त्री कार्यालयअघि विवाद भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि वादी समुदायका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘वास्तविक वादीका महिलाहरू हामी हौँ । उनीहरु त नेता हुन्’ मिठु वादी पक्षकी कमला वादीले भनिन्, ‘सरकारले हामीलाई ३ करोड रकम दिएको छ । त्यो खान नेताहरुले वादविवाद गरेका छन् ।’

सुवास वादीले १७ लाख रुपैयाँ हिनामिना गरेको उनीहरुको आरोप छ । महिलाहरूले हातपात गरेपछि सुभाष वादीलाई प्रहरीले नियन्त्रणमा छ । रमा बादीले हाम्रा दिदी बैनीलाई कमाइ खाने भाँडो बनाएकी रहिछन्’ भूमिहीन संघर्ष समितिका अध्यक्ष मिठु वादीले भनिन्, ‘हाम्रो बजेट यिनीहरूले खाए ।’

Loading...