


अत्तरिया– गोदावरी -४ मा शाकाहारी भोजनालय को उदघाटन गरिएको छ । सोमबार माघिको अबसर पारेर अत्तरियामा रहेको भोला स्विट एन्ड शाकाहरीको शाखा गोदावरीमा खुलेको हो ।



उक्त होटेलको गोदावरी – ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल ले उदघाटन गरे । सो अबसरमा अध्यक्ष मल्ल ले गोदावरीमा ब्यापार ब्यबसाय बढदै जानू खुशी को कुरो भएको बताए ।



उनले गोदावरी धाम जस्तो पबित्र ठाउँमा शुद्ध शाकाहरी भोजनालय खोल्ने ब्यबसायीलाई बधाई का साथै शुभकामना व्यक्त गरेका छन् । भोला स्विट एन्ड शाकाहरी भोजनालयका संचालक प्रकश लओझाले ग्राहकलाई शुद्ध खाना खाजा खुवाउने लक्ष रहेको बताए । ग्राहकको चाहानालाई मध्य नजर गरेर खाना खाजाका भेज परिकार बनाउने दाबी ओझाले गरेका छन् ।





