धनगढीमा ब्राउनसुगरसहित एक किशोर पक्राउ

धनगढी- कैलालीस्थित धनगढीमा ब्राउनसुगरसहित एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी शिव मन्दिर नजिकबाट लागुपदार्थ ब्राउनसुगरसहित एक किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले दुई सय ९० मिलिग्राम ब्राउनसुगरसहित धनगढी–२ बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ । उनको परिचय खुलाइएको छैन् । पक्राउ परेका किशोर माथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...