


धनगढी– कैलालीस्थित धनगढीबाट ८८० ग्राम चरेस सहित एक वृद्ध पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेराबाट ६१ वर्षीय मोतीलाल बोहरा पक्राउ परेका हुन् ।



नेपाल प्रहरीका अनुसार बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ का बोहरा आइतवार राति पक्राउ परेका हुन् ।


अस्थायी प्रहरी पोस्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त चरेस सहित पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।





