कैलाली प्रशासनद्वारा असार २२ गते राति १२:०० बजेसम्म निषेधाज्ञा (पूर्ण जानकारी सहित)

अत्तरिया, १५ असार- जिल्ला प्रशासन कार्यालय कैलालीबाट मिति २०७८/०२/२०, मिति २०७८/०२/३१ र मिति २०७८/०३/०७ मा जारी गरिएको निषेधादेशलाई देहाय अनुसार थप तथा परिमार्जन गरी मिति २०७८ असार १५ गते राति १२:०० बजेदेखि मिति २०७८ असार २२ गते राति १२:०० बजेसम्म कैलाली जिल्लाभर लागू हुने गरी निरन्तरता दिइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले कैलाली जिल्लामा लक डाउन खुकुलो गरेको छ । यद्दपि निषेधाज्ञालाई समेत यथावत राखेको हो ।

सदाझैं यस आदेशको पालना गर्नु/गराउनु सम्बन्धित सबै सरकारी/गैरसरकारी संघसंस्था, व्यक्ति, पेशाकर्मी, उद्योगी/व्यवसायी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य हुनेछ । यस आदेशको उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

godawari10 Mahila hinsa
Navadurga sun

देहाय
१. मिति २०७८/०३/०७ मा जारी भएको आदेशमा उल्लेख भएका बुँदाहरुमा देहाय बाहेक अन्य सबै यथावत कायम रहनेः
क. मानिसहरुको भिडभाड हुने विभिन्न प्रकारका कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब फुटशल, जिमखाना, पुस्तकालय, संग्रहालय, शिक्षण संस्था, समूहमा खेलिने दर्शक सहितका खेलकूद बाहेक निम्न पसल/व्यवसायहरु स्वास्थ्यका मापदण्डको पूणर् रुपले पालना गर्ने गरी निम्नानुसार सञ्चालन हुनेः
 खाद्य सामग्रीका पसलहरु, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाडावर्तनका पसलहरु, पुस्तक पसल र स्टेशनरीहरु, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, सुनचाँदी, गिफ्ट आइटम, भान्साजन्य पसलहरु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरु, खेलकूद सामग्रीका पसल र टेलरिङ्ग पसलहरु बिहान ०६ः०० बजेदेखि अपरान्ह ०६ः०० बजेसम्म मात्र सञ्चालन गर्न सकिने ।
 वर्कशपहरु बढीमा तीन जना मात्र कामदारहरु राखी बिहान ०६ः०० बजेदेखि बेलुका ०७ः०० बजेसम्म मात्र सञ्चालन गर्न सकिने ।
 होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु पूर्ण रुपमा बन्द गर्ने। तर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बिहान ०६:०० बजेदेखि बेलुकी ०८:०० बजेसम्म होम डेलिभरी तथा टेक अवे सेवा मात्र दिन सक्ने ।

ख. उल्लिखित पसल/व्यवसायहरुमा जनस्वास्थ्यका मापदण्ड र प्रोटोकलहरुको पूणर् रुपमा पालना गर्ने/गराउने दायित्व सम्बन्धित सञ्चालकको हुनेछ । अनुगमनको क्रममा पालना नभएको पाइएमा पसल/व्यवसाय बन्द गराइने वा कानून बमोजिम कारवाही गरिनेछ ।

Dadeldhura hospital

२. सवारी साधन सञ्चालन सम्बन्धमाः-
क. निजी सवारी साधनः- जोर-बिजोर प्रणाली अवलम्बन गर्ने गरी कार, जीप, भ्यानमा चालक समेत बढीमा ४ जना, ट्याक्सीमा चालक समेत बढीमा ४ जना, अटोमा चालक समेत बढीमा ३ जना मात्र सवार गर्न मिल्ने । अटो, मोटरसाइकल र स्कुटीका हकमा समेत जोर-बिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने। यो व्यवस्था जिल्लाभित्र मात्र लागू गर्ने र जिल्ला बाहिर जानुपर्ने भए साविक झैं अनुमति लिनुपर्नेछ ।

ख. सार्वजनिक सवारी साधनः- यात्रुबाहक सार्वजनिक सवारी साधनहरु जोर-बिजोर प्रणाली अवलम्बन गर्ने गरी यस जिल्लाभित्र मात्र सञ्चालन गर्न पाउने । यसरी सवारी साधन सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड तथा प्रोटोकलको पूणर् परिपालना गर्दै भौतिक दुरी कायम हुने गरी (कूल स्वीकृत सीट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी) बस्ने व्यवस्था मिलाउने। चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र सवारी साधन अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्नेछ ।

यस आदेशमा उल्लेख भएदेखि बाहेकका बिषयमा नेपाल सरकार (मन्त्रिपरिषद्), कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस कार्यालयबाट यसअघि जारी भएका सूचना तथा आदेश र निणर्य बमोजिम हुनेछ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारीबाट जारी भएकाे आदेश: 

Loading...