भूकम्पबाट १६ महिला सहित २४ जना घाइते

धनगढी– सुदूर पहाडका विभिन्न स्थानलाई केन्द्र विन्दु बनाएर पटक-पटक गइरहेको भूकम्पका कारण स्थानीयमा त्रास बढेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक अनुसार २०७९ असोज देखि २०८० असोज १७ गते सम्म साना ठूला गरी सुदूर पहाडी जिल्लामा ३६ पटक भूकम्प गएको छ ।

बझाङमा १४, बाजुरामा १५, डोटीमा ३, अछाम र दार्चुलामा २/२ पटक भूकम्प गएको हो । मंगलबार दिउँसो गएको भूकम्पबाट १६ महिला र ८ पुरुष गरी २४ जना घाइते भएका छन् । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा गएको ५ दशमलव ३ र २१ मिनेटपछि फेरी ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पले ठुलो क्षति निम्त्याएको हो । एक जनाको मृत्यु नै भएको छ । साढे ३ सय बढी घर संरचनाहरुमा क्षति पुगेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मंगलबार देखि बझाङबासीको बास त्रिपालमुनि छ । २ सय ३३ परिवार प्रभावित बन्न पुगेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीको तथ्यांक छ । भूकम्पबाट १ सय ५५ घरमा आंशिक क्षति पुगेको छ भने विभिन्न ५३ भौतिक संरचनामा पूणर् क्षति पुगेको छ । उसो त बझाङमा मात्रै १ वर्षको अवधिमा १४ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक छ ।

सो अवधिमा सबैभन्दा धेरै पटक भूकम्प बाजुरालाई केन्द्रविन्दुु बनाएर गएको छ । बाजुरामा १५ पटक भूकम्प गएको छ । बाजुरामा सबै भन्दा ठूलो ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प २०७९ माघ १० गते र २०८० वैशाख १५ गते गएको थियो । दुुवै पटक बिच्छ्यालाई नै केन्द्र विन्दु बनाएर भूकम्प गएको हो । माघ १० गते गएको भूकम्पमा परी गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको थियो ।

२१ घर पूणर् क्षति, ४४ घरमा आंशिक र ४० घरमा सामान्य क्षति पुुगेको थियो । सबै भन्दा ठूलो भूकम्प डोटीमा गएको थियो । डोटीमा २०७९ कार्तिक २३ गते राति ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबाट पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा, १४ वर्षीया तुलछी बोहरा गरी ६ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

त्यसको अघिल्लो राति खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र विन्दु भएर ५ दशमलव ७, र ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पविद् लोक विजय अधिकारीले डोटी र बाजुरामा माघ १० गते गएको भूकम्प एक अर्कासँग सम्बन्धित रहेको बताए । उनका अनुसार पश्चिम क्षेत्रमा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको छ । मंगलबार गएको भूकम्पका कारण बझाङका अधिकांश परिवार घर भित्र सुत्न समेत नसक्ने अवस्थामा पुगेका छन् ।

Loading...