पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (प्रेस बिज्ञप्ति सहित)




काठमाडौं, ९ असार– पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मटितेलको मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।



मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गरिएको निगमले जनाएको छ ।






