कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट लागूऔषध १ ग्राम ९३ मिलि ग्राम र प्रिकोनो लेखिएको ट्याब्लेट १० थानसहित सोही नगरपालिका–५ पबित्रा बस्तीका २३ वर्षीय प्रकाश सुनार मंगलबार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले सुनारलाई लागूऔषध र ट्याब्लेटसहित पक्राउ गरेको बताएको छ।

Loading...