
धनगढी- कैलालीमा अबैध रुपमा भन्सार छलि गरी ल्याएका सामान बरामद भएका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका–३ मिलनचोकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी मुल्य रुपैया ५२ हजार पाँच सय बराबरको चिनी, साडी, कुर्ती, नरिवललगायतका सामानहरु मंगलबार राती प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको बताएको छ।


यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–६ बनगाँउबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी मुल्य रुपैया एक लाख ३९ हजार एक सय बराबरकोदाल, चामल, प्लाष्टिक झिल्ली, पेन्ट लगायतका सामानहरु मंगलबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको हो। उल्लेखित सामानहरु आवश्यक कारबाहीका लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको बताएको छ ।





