हेलिकप्टर मार्फत बाजुराकी एक सुत्केरी महिलाको उद्धार




बाजुरा, ८ असार- बाजुराको जगन्नाथ गाउँपालिका वडा नं. ४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।



सोही गाउँपालिका वडा नं. ४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।


महिलाको पहिलो बच्चा पाउने बेला अप्रेसन भएको र अहिले बच्चा पाउन कठिनाइ भएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको सिफारिसमा हेलिकप्टरमा नेपालगञ्ज लगिएको प्रजिअ अधिकारीले बताए । (रासस)



