कञ्चनपुरमा लागुऔषध सेवन गरिरहेको अवस्थामा युवक पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा लागु औषध सेवन गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका–२ भाँसीका २२ वर्षीय अभिषेक चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले बाटोमा बसी लागु औषध प्रयोग गरिरहेको अवस्थामा फेला पारी बिहीबार पक्राउ गरेको जनाएको छ।

चेकजाँच गर्दा उनको साथमा ०.०५ ग्राम लागु औषध खैरो हेरोइनसमेत फेला पारी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...