कैलालीको गोदावरीमा रास्वपाद्वारा संगठन बिस्तार तिब्र

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोदावरीमा संगठन बिस्तारलाई तिब्र बनाएको छ । उसले नगरपालिका भित्रका १२ वटै वडामा कमिटी गठन गरीरहेको छ ।

Dadeldhura hospital

रास्वपा गोदावरीका सभापती दिपक ओझाले केही वडा बाहेक अन्यमा संगठन निर्माणको कार्य भईरहेको बताए । उनले मिसन २०८४ को लागी ग्राउन्डमा निकै राम्रो माहोल रहेको समेत बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

‘नागरिकले परिवर्तन खोजेका छन ।’ उनले भने, ‘हामी वडा वडामा जाँदा पुराना दलहरु प्रती निकै आक्रोस देखिन्छ, त्यसैले पनि हाम्रो उपस्थितीलाई स्थानियले चासो राखेका छन् ।’

ओझाले युबाहरुको आकर्षण स्वभाबिक रुपमा रास्वपा प्रती देखिएको बताए । गोदावरी नगरपालिका वडा नं. ४ मा बुधबार रास्वपाले संगठन बिस्तार गरेको हो ।

Loading...