देशभरको मौसम आंशिक बदली, थोरै ठाउँमा मात्रै पानी पर्ने

काठमाडौं- अझै एक दुई दिन देशभर पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

Dadeldhura hospital

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Navadurga sun
Godawari sandesh

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन्रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

Loading...