कैलालीमा चरेससहित चार जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीमा चरेससहित चार जना पक्राउ परेका छन्। जिल्लाकोे घोडाघोडी नगरपाालिका–५ देउकल्याको भित्री सडक खण्डमा १।३ सय ग्राम चरेससहित चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर पौडेल र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...