

धनगढी- धनगढीको जोखरतालबाट लागु औषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उप९महानगरपालिका–७ जोखरतालबाट लागु औषधसहित धनगढी–१३ मोहनपुरका २३ वर्षीय सुनिल चौधरी पक्राउ परेका हुन्।



प्रहरीका अनुसार चौधरीलाई जोखरतालबाट २०० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ पेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।





