शनिबार सुदूरपश्चिममा ८८ जना निको, १ जना संक्रमितको मृत्यु




अत्तरिया, ५ असार- सुदूरपश्चिम प्रदेशमा शनिबार ८८ जना संक्रमित निको भए भने १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका १ जनाको मृत्यु भएको हो ।



पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ३७९ नमूना पीसीआर तथा प्रदेशभरि ५ सय नमूना एन्टिजेन विधिबाट परीक्षण भएका छन् । यी दुवै विधिबाट गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुस्टि भएको छ ।


सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४८ जनाको नमुना परीक्षण गर्दा १४ जना, डडेल्धुरा अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा १ जना र जिल्ला अस्पताल बैतडीमा २१२ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको छ ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५४ हजार १४६ नमुना परीक्षण गर्दा ४३ हजार १७१ जनामा संक्रमण पुस्टि भएको छ भने ५६५ जनाको मृत्यु भएको छ ।



