कञ्चनपुरबाट लागुऔषधसहित तीन युवक पक्राउ

धनगढी- कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार जिल्लाको बेलौरी नगरपालिका–६ बाट कैलालीको गौरीगंगाका २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका–७ देवहरियाका २३ वर्षिय रेशम रानालाई पक्राउ गरिएको हो।

Dadeldhura hospital

उनीहरुको साथबाट ३ दशमलव ३० ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले विशेष सुचनाका आधारमा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको थिए।

Navadurga sun
Godawari sandesh

यस्तै, जिल्लाको भीमदत्त नगरपालिका–१० को पशुपति टोलबाट १ दशमलव ८३ ग्राम लागुऔषध खैरोहेरोईनसहित अर्का युवकलाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ६ बस्ने २३ वर्षिय प्रकाश नेपाली रहेका छन्।

उनलाई पशुपति टोल बस्ने किशोर नेपालीको घरमा चोरी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका नेपालीलाई चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो। लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Loading...