कांग्रेस नेतृत्वलाई १४औं महाधिवेशनबाट वास्तविक एकता गर्न सुझाव

अत्तरिया, २ असार- नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्यौल्ता चिर्दै गिरिजाप्रसार कोइराला फाउन्डेसन सुदुरपश्चिम प्रदेशले राष्ट्रिय भर्चुअल अन्तरक्रीया सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख बक्ता एव नेपाली कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले तोकिएको समयमा महाधिवेशन गर्न सकिने बताउदै त्यसको लागि बिकेन्द्रीकरण चुनाव गर्नुपर्ने बताएका छन् । पुर्ब उपप्रधानमन्त्री कोइरालाले ५ बर्षमा चुनाव गर्न नसक्नुमा हामी सबै जिम्मेवार रहेको बताउँदै संविधानले समेत निर्वाचन भनेकोले अरु बिकल्प नभएको दाबी समेत गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य दिलेन्द्र बडुले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले सबै नेताकार्यकर्ताको सहयोगमा चुनाव गरेर कम्युनिस्ट सरकार विरुद्धमा आमनिर्वाचन जित्नका लागि पनि एकताको महाधिवेशन गर्नुपर्ने बताए ।

पुर्ब मन्त्री एवं केन्द्रिय सदस्य एनपि साउदले भोलि बस्ने पार्टी केन्द्रिय समितिको बैठकले पदाधिकारीको तय मिति नै पारित गर्ने रहस्य खोल्नु भयो । नेता साउदले यहाँनेर पार्टी सभापति नै चुनावको पक्षपाती भएको दाबी गर्दै निराधार हल्ला चलाएर चुनाव सर्छ भन्नू को कुनै अर्थ नरहेको समेत बताएका छन् ।

Dadeldhura hospital

नेका केन्द्रिय सदस्य बद्री पाण्डेले १४औं महाधिवेशनबट नयाँ विचार र नयाँ नेतृत्व सहितको केन्द्रिय समिति आएमा मात्र अधिनायकवादसंग लडन सकिने बताए । नेता पाण्डेले देशब्यापी जनमत नै चुनावको पक्षमा भएकोले नेतृत्वलाई चुनावबाट नभाग्न अनुरोध समेत गरेका छन् ।

नेपाली कांग्रेसका युवानेता उमेशजङ्ग रायमाझिले ५ बर्ष भित्र चुनाव नगराउनु नेतृत्वको असक्षमता रहेको बताए । २०३६ सालको प्रतिकुलतामा जनमत संग्रह हुनसक्छ भने पार्टीको चुनाव किन नहुने भनेर प्रश्न तेर्साएका थिए ।

युवानेता क्षितिज भण्डारीले नेपालको संविधानमा केन्द्रिय समिति र प्रदेश निर्वाचन बारे मात्र उल्लेख भएकोले सबै मिलेर प्रयत्न गर्दा पनि जिल्ला अधिबेशन कोरोना र बाढिपहिरो प्रभावित भएमा के गर्ने ? भन्ने बारे अब केन्द्रिय समितिको बैठकद्वारा दुरदर्शितापुर्बक बिकल्प सहित को रणनीति अख्तियार गर्न सुझाव दिएका छन् ।

नेपाली जमसम्पर्क समिति अमेरिकाका अध्यक्षका प्रत्याशी, युवानेता सोमनाथ घिमिरे अब पार्टी महिला लाई पदाधिकारीमा उच्च स्थान दिनुपर्ने र प्रवासी नेपालीको नाममा हुने भ्रष्टाचार र नक्कली प्रतिनिधि नियन्त्रण बारे महाधिवेशनले बोल्नुपर्ने बताए । कार्यक्रममा केन्द्रिय सदस्य रमेश लेखक, चन्द्र भण्डारी, धनराज गुरुङ्ग, गुरुराज घिमिरे, प्रदिप पौडेल र विरबहादुर ओलि आदिले शुभकामना दिएका दिए ।

युवानेता नृपबहादुर सुनारद्वारा संचालित जुम बैठक क्षितिज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो सभ्य र भब्य रुपमा सफल जुम कार्यक्रम सयौं सहभागीको धारणालाई टिपोट गर्ने जिम्मेवारी कृष्णबहादुर कुवर, गणेश भण्डारी र देबराज ओझाले पाएका थिए । जुम बैठकको सुझाव पत्रकार शिबलाल पौडेल मार्फत केन्द्रीय समितलाई बुझाईने फोटसका अध्यक्ष ई. भुबन भट्टले बताए ।

Loading...