कैलालीमा लागु औषधसहित भारतीय नागरिक पक्राउ

कैलाली- कैलालीमा लागु औषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौलास्थित प्रहरी चेकपोष्ट नजिकबाट ६ ग्राम ६० मिलिग्राम ब्राउनसुगरसहित ५१ वर्षीय भारतीय नागरिक हरिओम सिंह लाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले सिंहलाई पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिइएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनले चलाएको युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाइकलमा लुकाई राखेको लागु औषध फेला पारी मोटरसाइकलसहित उनलाई पक्राउ गरेको जनाएको जनाएको छ।

प्रहरीका अनुसार शङ्काको आधारमा चेकजाँच गर्दा सिंहले चलाई ल्याएको भारतीय युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाइकलमा लुकाई छिपाइ राखेको बउनसुगर फेला परेको हो ।

Loading...