

प्रकाश बहादुर बोहरा/अत्तरिया, ७ साउन– कैलालीको चुरे गाउँपालिका वडा नं.३ मा रहेको श्री भानु मावि चित्रपुरको परिसर भित्र औषधि जन्ने विरुवा (medicinal plant) बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । औषधीय बिरुवा अन्तर्गत श्रीखण्ड र अगरउडका २ सय जति विरुवाहरु लगाइएको हो ।






उक्त अभियानमा बिद्यालय व्यवस्थापन समिति, अभिभावक, संघ, वडा जनप्रतिनिधि, समाजसेवी, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै उक्त कार्यमा सहभागि जनाइ सहयोग गर्नुहुने सम्पूणर्मा बिद्यालयका प्रधानाध्यापक बिस्णु पाण्डेले बिद्यालयको तर्फबाट हार्दिक अभार व्यक्त गरेका छन ।

