एसईईको नतिजा साउन दोस्रो साता




pभक्तपुर, ३१ जेठ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यार्थीको मूल्याङ्कनका लागि आवश्यक पर्ने कार्यविधि हिजो पारित गरेको छ ।



कार्यविधि अनुसार असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने ससमयीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिए ।


अध्यक्ष पौडेलले असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम बोर्डले गर्ने बताउए ।
बोर्डले कुनै अवरोध नभए एसइईको नतिजा आगामी साउन १५ भित्र सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ शुरु गर्ने गरी नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।



