
कैलाली- कैलालीको गोदावरी नगरपालिका–१ बाट लागु औषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार मनहेरास्थित ग्यारेजमा काम गर्ने भारतको पिलिभितका ३० वर्षीय असलम अन्सारी पक्राउ परेका हुन् ।


इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट १४० मिलिग्राम लागु औषध (खैरो हिरोइन) बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्सारी माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन् ।

