अत्तरिया– गोदावरी चेम्बर अफ कमर्सले ब्यबसायीहरुको सहजताको लागि १ दिबसिय करदाता बायोमेट्रिक कार्याशाला गरेको छ । आन्तरिक राजस्व कार्यालय धनगढीको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।




चेम्बरका अध्यक्ष नैमुद्दिन भाटले ब्यबसायीहरुलाई सहज होस् भनेर चेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए । कार्यशाला महेन्द्रनगर रोडमा रहेको सितारा होटेलमा बिहान १० बजे देखि शुरु भएको हो ।


बायोमेट्रिक अपडेट नभएका करदाताले राजस्व कार्यालयबाट कुनै किसिमको पनि सेवा पाउन सक्दैनन् । राजस्व कार्यालय को तर्फबाट अधिकृत नारद प्रसाद भट्टले सहजिकरण गरेका थिए ।

