

कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१० का ३८ वर्षीय रमेश कार्कीसहित दुई जना पक्राउ परेका हुन् ।



जिल्लाका विभिन्न स्थान भीमदत्त–४, भीमदत्त–११, बेलौरी–१, बेलडाँडी–५ बाट भन्सार छलीका अन्दाजी एक लाख ७१ हजार दुई सय ७५ मूल्य बराबरका चिनी, खानेतेल, डिउ, बिडी, सुर्ती, डाल्डा, मिश्री लगायतका सामानसहित पक्राउ परेका हुन् ।


त्यस्तै, धनगढी–३ मिलनचोकबाट भन्सार छलीका अन्दाजी ४२ हजार ५ सय मूल्य बराबरको चिनी, डेरी मिल्क, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।