सुनको भाउ तोलामा सात सयले घट्यो

Dadeldhura hospital

काठमाडौं, ३१ जेठ– सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९३ हजार २ सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको भाउ चाँदीको प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आइतबार भन्दा तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ तोकिएको छ ।

Loading...