कैलालीको धनगढी चौराहमा दुर्घटना : १ जनाको मृत्यु, २ काे अवस्था गम्भीर

धनगढी, ३१ जेठ- कैलालीको धनगढी चौराहमा मोटरसाईलक दुर्घटनामा परेको एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेका कैलाली भजनी नगरपालिका वडा नं. १ का साधुराम डगौराको आईतबार राती ८ बजे तिर सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक प्रतिक बिष्टले बताए ।

Dadeldhura hospital

आइतबार साँझ चटकपुरबाट भन्सार तर्पm गइरहेको से ५ प २६७१ नम्बरको मोटरसाईकलले ट्राफिक चौराहामा दुई वटा साईकललाई ठक्कर दिँदा ४ जना घाईते भएका थिए । घाइते मध्ये साईकलयात्री डगौराको मृत्यु भएको हो भने अर्का साईकलयात्री भजनीकै ३३ बर्षिय लाल बहादुर चौधरीको अवस्था सामान्य रहेको छ ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी मोटरसाईकलमा सवार धनगढी उपमहानगरपालिका वडा नं.६ का २२ बर्षिय मोहन प्रशाद जोशी र सोही ठाउँका २२ बर्षिय माधव प्रशाद भट्ट गम्भीर घाईते धनगढी स्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक बिष्टले जानकारी दिए ।

Loading...