कांग्रेस महाधिवेशनको मिति सर्‍यो

Dadeldhura hospital

काठमाण्डौं, २९ जेठ– आगामी भदौ ७ मा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौ १६ गतेका लागि सरेको छ । शनिबार कांग्रेसका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि भदौ ७ गतेदेखि १० गते सम्मका लागि महाधिवेशन तोकिएको थियो । शनिबारको निर्णयलाई असार ३ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्ने नेता अर्जुन नरसिंह केसीले बताएका छन् । महाधिवेशनबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले शनिबारका लागि शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

Loading...