पहिलो वार्षिकोत्सव मनाउँदै रास्वपा

काठमाडौं– संघीय संसद्‌ (प्रतिनिधि सभा) को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ। १ वर्ष अगाडि स्थापना भएको रास्वपा गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनबाट चौथो ठूलो शक्तिका रुपमा संसदीय राजनीतिमा उदाएको थियो।

Dadeldhura hospital

पार्टी स्थापना दिवसको अवसरमा रास्वपाले औपचारिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहित प्रमुख पार्टीका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ।

Navadurga sun
Godawari sandesh

पार्टीको नयाँ केन्द्रीय कार्यालय बालाजुमा चियापान कार्यक्रम आयोजना गरिएको नेताहरुले जनाएका छन्। चियापान दिउँसो १ बजेदेखि सुरु हुनेछ।

प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा सरकारमा सामेल भएको रास्वपा संघीय संसद्‌मा अहिले भने प्रतिपक्षमा छ। प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन्। रास्वपाकै नेता तथा सांसद इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख छन्।

 

Loading...