बैतडीमा जेष्ठ नागरिकलाई आजदेखि भेरोसेल खोप लगाइने

बैतडी, २८ जेठ- बैतडीमा जेष्ठ नागरिकलाई खोप लगाउने अभियान शुक्रबार देखि सुरु भएको छ । देशभर जेठ २५ गतेदेखि खोप लगाउने अभियान सञ्चालनमा आएको भएपनि बैतडीमा भने शुक्रबार देखि सञ्चालनमा आएको हो ।

सरकारले जेठ २५ गतदेखि ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउन भनेपनि बैतडीमा भने आजदेखि खोप अभियान सुरु भएको हो । सुरुमा ६० देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनिएकोमा पछि संशोधन भएर ६२ देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनेकाले खोप अभियान सुरु गर्न केही ढिलाई भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

Navadurga sun

पहिले ६० देखि ६४ भनेकोमा पछि आएर ६२ देखि ६४ भनेकाले सबै ठाउँमा सूचना प्रवाह गर्नका लागि केही ढिला सुरु गरेको कार्यालयका प्रमुख भट्टले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा जेठ २८ गते अर्थात आज खोप लगाइएको छ भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेठ ३० गते खोप लगाइने भएको छ ।

त्यसैगरी पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा असार १ गते खोप लगाइने जनाइएको छ ।

उक्त अभियानका लागि जिल्लाका प्रत्येक वडाका स्वास्थ्यचौकीमा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए । बैतडीमा ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिक करीब ३ हजार ५ सय जना रहेका अनुमान समेत गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...