सीटीभीटीका कर्मचारी चढेको जीप सुनकोशीमा खस्यो, तीन बेपत्ता

सिन्धुली- काठमाडौंबाट खोटाङका लागि हिँडेको बस मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । जीप नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप नदीमा खसेको हो ।

Navadurga sun
Godawari sandesh

एकजना जीवितै सुनकोशीबाट निस्कन सफल भए पनि बाँकी तीनजनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। जीपमा चारजना सवार रहेका थिए। बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Loading...