नगरप्रमुखको सक्रियतामा फेरीदै कृष्णपुरका सार्वजनिक विद्यालय

गुलरीया- कृष्णपुर नगरपालिका कञ्चनपुरका सार्वजनिक विद्यालय फेरिन थालेका छन । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा पठनपाठनका गतिविधिहरु सकृय रुपमा अघि बढ्न थालेका हुन । शैक्षिक सत्र २०८० शुरु हुनु अगावै नगरप्रमुख हेमराज ओझाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,विद्यालयका प.अ. लगायत आभिभावकसँग सार्वजनिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि विभिन्न चरणमा छलफल अगाडी बढाएका थिए ।

त्यसैगरी शैक्षिक सत्र २०७९र०८० को एस.इ.इ. परीक्षा तयारीको लागि नगरका १३ माध्यामिक विद्यालयलाई नगद ५० हजार अनुदान दिएको थियो ,त्यसैगरी कृष्णपुरका अधिकांश विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पठनपाठन शुरु गरिएको छ । माध्यामिक तहमा दरबन्दी मिलान,आवश्यक विद्यालयहरुमा भौतिक संरचना निर्माण,शैक्षिक सामाग्री वितरण,पूर्व प्राथमिक तहका बालबालिकाहरुलाई सार्वजनिक विद्यालयप्रति आकर्षित गराउन १३ माध्यामिक विद्यालयहरुमा बाल उद्यान निर्माण लगायतका काम गरेको नगरप्रमुख ओझाले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगरप्रमुख ओझा भन्छन राज्यले अरबौं पैंसा सार्वजनिक विद्यालयमा लगानी गरेको छ,अत्यन्तै कडा प्रतिस्पर्धाबाट छानिएर शिक्षकहरु आउनुहुन्छ तरपनि किन सार्वजनिक विद्यालयको नतिजा सुखद आइरहेको छैन ,किन अभिभावकको मन जित्न सकिरहेको छैन यो प्रश्न चिर्न आवश्यक छ ,अर्को वर्ष कक्षा ८ र १० को उत्कृष्ट नतिजाका लागि पनि विशेष तयारी गर्ने नगरप्रमुख बताउँछन् ।

सार्वजनिक विद्यालयप्रति जुन नकारात्मक बुझाइ छ म मेरो कार्यकाल भरी त्यसलाई सकारात्मक बनाउने र अभिभावक ज्युलाई आफ्ना नानीबाबुलाई ढुक्क भएर सार्वजनिक विद्यालयमा भर्ना गर्ने वातावरण सृजना गर्नेछु त्यो प्रयास जारी राखेको छु नगरप्रमुख ओझा बताउँछन् ।
कृष्णपुर नगरपालिका वडा न ७ शान्तिपुरमा रहेको कन्चन माध्यामिक विद्यालयका प्रधानाध्यापक कर्मराज चौधरी पछिल्लो समय सार्वजनिक शिक्षा सुधारमा नगरप्रमुख ओझाले देखाएको सक्रियताप्रती आफुहरु पनि उत्साहित भएको बताउँछन् ।

उनी भन्छन् कृष्णपुरको यो समयमा सार्वजनिक शिक्षाको स्तर सुधार हुन नसके कहिल्यै हुँदैन,दरबन्दी मिलानबाट नयाँ प्रअ नियुक्त हुनुभाछ सबैजनालाई जोश जाँगर छ,हामी नि मिहिनेत गरिरहेकाछौं ,यो शैक्षिकसत्रमा कन्चन माविमा ९० जना विद्यार्थी नयाँ भर्ना भएका छन् ,धेरै विद्यार्थी संस्थागत विद्यालयबाट पनि आएका छन् ,अभिभावक खुशी हुनुभएको छ र उहाँहरुको माग अनुरुप हामीले डे होस्टेलको व्यवस्था गरेका छौं अहिलेसम्म १०७ जना भर्ना भैसकेका छन्,संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक ज्यु पनि हाम्रा बच्चालाई पनि डे होस्टेल हाल्दिनुपर्‍यो भन्दैछन हामीले हाम्रै विद्यार्थीलाई प्राथमिकतामा राखेका छौं । २० आधारभुत विद्यालय र १३ माध्यामिक गरि जम्मा ३३ विद्यालय रहेको कृष्णपुरमा हजारौं विद्यार्थी अध्ययनरत छन् ।

Loading...