रास्वपा गोदावरीको नगर सभापतिमा दिपक ओझा चयन

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरीको नगर सभापतिमा गोदावरी-२ का युबा दिपक ओझा चयन भएका छन् ।
आइतबार अत्तरियामा भएको नगर सम्मेलनले ओझालाई सर्ब सम्मत रूपमा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा सरस्वती कुमारी धामी, सचिबमा मानदेब पनेरु चयन भएका छन् ।

Dadeldhura hospital

ओझा बिगत लामो समय देखि सामाजिक संस्था थ्रि डिभिएल क्रियसन, सहकारी र संचार क्षेत्रमा आबद्ध थिए । ओझा संगै अत्तरियाको अग्रणी ट्रेनिङ संस्था प्लानेट भिटीका संस्थापक पुष्कर शर्मा जोशी र उनको समुह पनि रास्वपामा सकृय हुने भएको छ । यस अघि उक्त समुहले स्वतन्त्र रूपमा नै यस क्षेत्रमा विभिन्न सामाजिक मुद्दा उठाउँदै आएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

नगर सम्मेलनमा रास्वपाका प्रदेश अध्यक्ष इन्जिनियर प्रकाश बहादुर बिष्ट, प्रदेश उपाध्यक्ष सृष्टि महरा, प्रदेश कोषाध्यक्ष जसु भट्ट लगायतको सहभागीता रहेको थियो ।

बक्ताहरुले गोदावरीमा रास्वपामा संगठित हुने क्रम बढेकाले आगामी २०८४ को निर्बाचनलाई केन्द्रित गरेर आफ्ना अभियान अघि बढाइने बताएका छन् ।

Loading...