विवेकशील साझाका पूर्वसंयोजक उज्वल थापाको निधन

काठमाडौं, १८ जेठ– कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाल मेडिसिटी अस्पतालले पनि थापालाई ५ बजेर २९ मिनेटमा मृत घोषित गरेको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो । गत जेठ १४ गते उनको उपचारका लागि गरिएको आर्थिक सहयोग आव्हानबाट शुभेच्छुकले ५० लाख हाराहारी सहयोग जुटाएका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका थापा नेपाली राजनीतिमा फरक विचारको प्रतिनिधित्व गर्ने सरल नेता मानिन्छन् ।

नेपालमा वैकल्पिक दलको खाँचो छ र त्यसलाई युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने सोचका साथै उनले फरक धारको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरिएको थियो । सो दलको तर्फबाट संविधानसभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ४ जना सदस्यहरू उठाइएको थियो ।

संविधानसभाको दोस्रो चुनावपछि कानुनी रूपमा दर्ता भएको यो दलपछि रवीन्द्र मिश्रले स्थापना गरेको साझा पार्टीसँग एकीकरण गरेर विवेकशील साझा दल बनेको थियो ।

Loading...