


अत्तरिया- सुदूरपश्चिम विश्वविद्यालयले सार्बजनिक गरेको स्ववियु कार्यतालिका अनुसार आज बिद्यार्थी संघ संगठनले क्याम्पसमा संगठन दर्ता गरिरहेका छन् ।


कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अहिले सम्म ६ वटा बिद्यार्थी संगठनहरु दर्ता भएका छन् । दर्ताको समय ३ बजे सम्मको लागी तोकिएको छ ।



संगठनहरुका नेताहरु क्याम्पसमा नै पुगेर दर्ता गराइरहेका छन् । अहिले सम्म बैध निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल छैटौले संयुक्त दर्ता गराएको छ ।
त्यस्तै स्वतन्त्र बिद्यार्थी समुह , माओबादी निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ,अनेरास्वबियु समाजबादी, एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्वबियु), काँग्रेस निकट नेपाल बिद्यार्थी संगठन (नेबिसंघ) ले संगठन दर्ता गराएको क्याम्पस प्रसाशन ले जनाएको छ ।
विश्वबिद्यालयले २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ । चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मोन अवधि सुरू हुनेछ ।





