धनगढीका अधिवक्ता जोशीलाई पितृशोक





धनगढी, १७ जेठ- कैलालीका अधिवक्ता ठेकेन्द्र जोशी र उनका दाई पुष्पराज जोशीलाई पितृ शोक परेको छ । धनगढी उपमहानगरपालिका वडा नं. २ सरस्वती नगरका स्थानीय ८५ वर्षीय भिष्मराज जोशीको आइतबार राति निधन भएको हो।
जोशी दाजुभाइद्वयका बुवा एक साता अघि नै कोरोना संक्रमणबाट मुक्त भएका थिए । तर संक्रमणपछि मुटु र छातीमा आएको समस्याले उनको निधन भएको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए । मृतक जोशीको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल प्रयोगशालामा परीक्षण गराउँदा बैशाख २२ गते उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनलाई सेतीकै कोरोना वार्डमा भर्ना गरिएको जोशीले बताए ।


जेठ ६ गते रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालको जनरल वार्डमा राखिएको थियो । पछि उनलाई घरमानै उपचारको व्यवस्था मिलाइएको जनाएको थियो ।



