सेती अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागी नन्दलालले २५ हजार सहयोग गरे

धनगढी, १० जेठ- सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानीमा रहेको सेती प्रादेशिक अस्पतालले पनि अक्सिजन प्लान्टका लागी पहल थालेपछि कञ्चनपुरमा रहेको श्री बैजनाथ इन्जिनियरिङ कलेजका सन्चालक नन्दलाल चटौतले आर्थिक सहयोग गरेका छन् ।

Dadeldhura hospital

चटौतले कोरोनाको महामारीबाट आम नागरिकको जिवन रक्षा गर्ने सेती प्रादेसिक अस्पताललाई २५ हजार नगद सहयोग गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

चटौतले अक्सिजन अभाबका कारण कसै पनि नागरिकको ज्यान जानु नपरोस भन्ने उद्देश्यले अस्पताललाई आर्थिक सहयोग गरेको बताए । अक्सिजन अभाबका कारण सुदूरपश्चिम प्रदेशमा दिन प्रतिदिन कोरोना संक्रमित विरामीको मुत्यु हुने क्रम बढेपछि अक्सिजन प्लान्ट जडानका लागी सहयोग जुट्ने क्रम जारी रहेको छ ।

Loading...