बझाङको मष्टा गाउँपालिकामा आज शोक विदा

बझाङ- जीप दुर्घटनामा परेर पालिकाभित्रका आठजनाको मृत्यु भएको शोकमा मष्टा गाउँपालिकाले बिहीबार शोक विदा दिएको छ। मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा बिहीबार शोक विदा दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत पृथुराज जोशीले जानकारी दिए ।

बुधबार दिउँसो मष्टा गाउँपालिका वडा नं १ तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटनामा परेको थियो। सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहरू फर्किने क्रममा जीप दुर्घटना भएको हो। दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...