मंसिर ४ को चुनावमा कति खटिन्छन् सुरक्षाकर्मी?

काठमाडौँ – मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी चुनावमा परिचालन गरिने सुरक्षाकर्मीबारे छलफल भएको थियो।

Ganyapdhura gau
Dadhaldhura pur

चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी छ। ३२ हजार सशस्त्र, ६५ हजार नेपाल प्रहरी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी छ। म्यादी प्रहरी छनौटका लागि भदौ ३० देखि नै दरखास्त आह्वान गरिनेछ।

Navadurga sun

एकैचरणमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुन हुन लागेकोले सुरक्षाकर्मी अपुग हुँदा धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको छ।गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आगामी चुनावका लागि गृह र सुरक्षा निकाय मिलेर तयार पारेकव विशेष सुरक्षा योजना पनि आइतबारको बैठकबाट पारित भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...