अछामको मंगलसेन नगरपालिकाले ३ रोगको उपचारका लागि खर्च दिने

Dadeldhura hospital

अछाम– अछामको मंगलसेन नगरपालिकाले ३ ठुला रोगका बिरामीहरुको लागि उपचार खर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्डको पक्षघातका बिरामीहरुलाई औषधि उपचारबाफतको खर्च उपलब्ध गराउने भएको हो ।

Ganyapdhura gau

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यविधि अनुसार मासिक ५ हजारका दरले उपचार खर्च प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले जानकारी दिए । नगरपालिकाभित्र रहेका त्यस्ता खालका बिरामीलाई भदौ मसान्तभित्र आ-आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्न आव्हान गरिएको अधिकृत सोडारीले बताए ।

Couple
Loading...