अछाम- अछाममा प्राविधिक शिक्षा अन्तरगत स्वास्थ्यतर्फ पहिलोपटक एचए पढाई सुरु हुने भएको छ । हालसम्म जिल्लामा स्वास्थ्यतर्फ प्राविधिक शिक्षा सुरु नभएको जिल्लामा यस वर्षदेखि पढाई सुरु हुने भएको हो ।



अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा प्राविधिक शिक्षा अन्र्तगत सामान्य चिकित्सा एचए अध्ययनका लागि बाटो खुल्ला भएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले एचए अध्यापनका लागि अनुमती दिएको छ ।



परिषद्ले मंगलसेन बहुप्राविधिक शिक्षालयलाई शैक्षिक सत्र २०७९ ०८० मा सामान्य चिकित्सा प्रमाण पत्र तह (एचए) मा ४० जनाका लागि कोटा निर्धारण गरेको छ । सामाजिक अभियान्ता तथा जिल्ला स्थित सरोकारवालाहरुको पहलमा प्राविधिक धार स्वास्थ्यतर्फ एचए अध्यापन हुने भएको हो ।
हालै मात्रै परिषदबाट सम्बन्धन प्राप्त गरेकाले मंगलसेन बहुप्राविधिक शिक्षालयको आवश्यक सहजकिरण तत्कालका लागि मंगलसेन नगरपालिकाले गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।
परिषदको आंगिक शिक्षालयका रुपमा रहेको मंगलसेन बहुप्राविधिक शिक्षालयले अनुमती पाएसँगै ४० जना सिट संख्यामा भर्नाका लागि प्रवेश परीक्षाको आह्वान गरेको छ ।




