अग्रज पत्रकार पोखरेलको निधन

Dadeldhura hospital

बुटवल- रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । उनको गए राति आफ्नै निवास बुटवल–१३ बेलबासमा ६८ वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी बुटवल टुडेका सल्लाहकार सम्पादक समेत हुन् ।

पोखरेलले स्थापना कालदेखि बुटवल टुडेमा सम्पादकको रूपमा काम गर्दै आएका थिए । पोखरलेको निधनले नेपाली पत्रकारितामा ठूलो क्षति पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले बताए । स्वतन्त्र पत्रकारिताको आन्दोलनमा उनको भूमिका अहम थियो । पोखरेल, लेखक तथा साहित्यकार पनि हुन् ।

 

Loading...