प्रधानमन्त्री ओलीको हत्याको धम्की दिएको भन्दै एमालेले गर्यो भर्त्सना (प्रेस विज्ञप्ति सहित)





काठमाडौं, २९ जेठ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कांग्रेस प्रदेशसभा (वाग्मती) सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिएको भदै निन्दा र भर्त्सना गरेका छ । शुक्रबार वाग्मती प्रदेशसभाको बैठकमा बैद्यले प्रधानमन्त्री ओली सबैकुरा बिगार्न उद्यत रहेकाले आफू गान्धीको हत्यारा नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए।



“वाग्मती प्रदेशसभाको हिजोको बैठकमा एक जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले)ले अत्यन्त गम्भीर रुपमा लिएको छ,” एमालेले विज्ञप्तिमा भनेको छ, “प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्छ ।”
कांग्रेसका नेताहरूले पनि बैद्यको अभिव्यक्ति भर्त्सनायोग्य रहेको बताएका छन् । एमालेका जनसंगठनहरूले बैद्यलाई तत्काल पक्राउ गर्न माग समेत गरिरहेका छन् ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा जारी प्रेस विज्ञप्ति:




