बैतडी ५ मा एकसाता देखि विद्युत सेवा अवरुद्ध

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ दोलिटोलमा एकसाता देखि विद्युत सेवा अवरुद्ध भएको छ । लामो समय सम्म विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्यामा परेका छन् । । गएको ७ दिनदेखि विद्युत सेवा अवरुद्ध भएपनि अझै सुचारु हुन सकेको छैन् ।

Dadeldhura hospital

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको लापरवाहीका कारण समयमै विद्युत सेवा सुचारु नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विद्युत अवरुद्ध भएको ७ दिन बितिसक्दा समेत प्राधिकरणको ध्यान नगएको र विद्युत सेवा अनियमित हुँदा समेत प्राधिकरणले ध्यान नदिएको स्थानिय बासी र ग्राहकहरुले गुनासो गरेका छन । सेवा भए पनि त्यसको उपयोग सहि तरिकाले नहुदा अहिले अध्यारोमा बस्न बाध्य भएका दोगडा केदार गाउँपालिका वडा नम्बर ५ का स्थानीय जनक सिह ठगुन्नाले बताए । उयसले गर्दा विद्यार्थीहरुलाई समस्या भएको ठगुन्नाले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

यता विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत सेवा नियमित गर्न ढिलाइ भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका कार्यालय प्रमुख पवन भट्टले बताए । विद्युत सेवा सुचारु गर्न पहल भइरहेको जनाएको छ ।

 

Loading...