स्थानीय जनताहरुका भावनाहरुलाई समेटेर समग्र वडाको विकासमा अधि बढ्ने : वडाध्यक्ष अधिकारी

बझाङ १३ जेठ– बझाङको खप्तडछान्ना गाउँपालिका वडानम्बर ३ कि वडाध्यक्ष गौरी अधिकारी रावलले “स्थानीय जनताहरुका भावनाहरुलाई समेटेर समग्र वडाको विकासमा अधि बढ्ने बताएकी छन् । नवनिर्वाचित वडाध्यक्ष गौरी अधिकारी रावल २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेस बाट आधिकारिक वडाअध्यक्ष पदको टिकट लिई निर्वाचनमा ३७१ मत प्राप्त गरेर बिजय भएकी हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

गाउँपालिकाकै विकट मानिने वडानम्बर ३ दारूगाउँ मा स्थायी घर भएकी अध्यक्ष अधिकारी रावलले २०६८ मा नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ डोटीको घन्टेश्वर सेती महाकाली क्याम्पसको ईकाई समितिबाट राजनीतिक यात्रा सुभारम्भ गरेकी हुन् । उनी नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा बझाङकाे जिल्ला कार्यसमिति सदस्यमा समेत निर्वाचित भएकी हुन् । अहिले खप्तड छान्ना गाउँपालिका वडानम्बर ३ कि वडाअध्यक्षमा निर्वाचित भएकी छिन् ।

Navadurga sun
Godawari sandesh

जनताको प्रतिनिधित्वमा होमिएकि अध्यक्ष रावल जनतासँगै दैनिक जोडिने बताएकी छन् । खप्तड राष्ट्रिय निकुञ्ज संगै जाेडिएकाे वडा हुनाले ” सुखि वडाबासी समृद्ध” वडा बनाउन सहज रहेकाे बताईन् श्रोतसाधनको पहिचान गरी जनताको अधिकार र जिम्मेवारी लाई अात्मसाथ गरि उत्तरदायित्व बहन गर्ने बताएकी छन् । निस्वार्थ भावनाले जनताको सेवामा लागेर समाज रुपान्तरणमाको भावना जागृति गर्दै आफ्नो सम्पुर्ण जीवन राजनीतिमै बिताउने उनले बताईन् । पाँच बर्षकाे कार्यकालमा आफ्नो वडालाई नमुना वडा घोषणा गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

शिक्षा, स्वास्थ्य,खानेपानी जस्ता मानवन जिवनका महत्त्वपूर्ण पाटाेलाई नजिकै बाट निहालेर वडा बासीलाई नमुना सरकारकाे आभाष दिलाउने बताईन्। वडाध्यक्ष गाैरी अधिकारी रावल बझाङ जिल्ला भरिकै एक्लाे महिला उम्मेदवार भई वडाध्यक्षमा बिजयी हासिल गरेकी छन् ।

Couple
Loading...